नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशका निम्ति इमान्दारितापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–३ स्थित बौद्ध हिमाल तामाङ गुम्बाले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टी गठनसँगै युवा, महिला, आदिवासी, जनजाति उत्साहित भएको बताउनुभयो । “इमान्दारिता र जनताप्रति समर्पणको भावनाबाट ओतप्रोत भएको पार्टी जन्मिदा सबै उत्साहित…