नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले माओवादी सशस्त्र द्वन्द्वका घाइते दिपेन्द्र गिरीलाई भेटेर आफूलाई शुभेच्छुकले बधाईसहित लगाइदिएका माला र खादा लगाएर सम्मान गर्नुभएको छ । शरीरको मेरुदण्डमुनिको भाग नचल्ने भएपछि २० वर्षदेखि ओछ्यानमै रहेका नेपाल विद्यार्थी सङ्घका नेता गिरीलाई भक्तपुरको लोकन्थलीस्थित उहाँकै निवासमा आज भेटेर महामन्त्री शर्माले सम्मान गर्नुभएको हो । सो अवसरमा महामन्त्री शर्माले…