नेपाली कांग्रेस (बिपी) को पहिलो विशेष महाधिवेशन काठमाडौँमा सुरु भएको छ । विसं २०७२ भदौ २४ मा स्थापना भएको सो पार्टीकोे पहिलो विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको हो । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख दमननाथ ढुङ्गानाले नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवर्तक जननायक विश्वेश्वरप्रसाद कोइरालाका विचारलाई जनस्तरमा पु¥याए…