नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आइतबार उम्मेदवारी फिर्ताका लागि समय तोकिएको छ । दिउँसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको तयारी छ । त्यसपछि उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग भोट माग्न लाग्नेछन् । हुन शनिबार मनोनयन दर्ता गरेसँगै भोट माग्ने क्रम जारी छ । तर, यसपटकको महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाका चर्चित सारथीहरू आफूलाई मत माग्न महाधिवेशनस्थलमा देखिएनन्…