नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा ओखलढुंगाबाट आठ नेताले दाबेदारी पेस गरेका छन् । कांग्रेसभित्रको दुई समूहले केन्द्रीय पदाधिकारी यकिन गर्न नसके पनि जिल्लाका नेताहरुले भने आफ्नो दाबेदारी पेस गरेका हुन् । शुक्रबारबाट सुरू हुने १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उमेद्वार बन्न जिल्लाकै पुराना नेता महेश कोर्मोचादेखि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीसम्मले दाबी पेस गरेका…