पौडेल निवासमा काँग्रेसको संथापन इतरको बैठक, साझा उम्मेदवार तय गर्ने प्रयास

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल निवास बोहराटारमा संथापन इतर पक्षका नेताहरुबिच छलफल सुरु भएको छ । पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्नका लागि नेताहरु छलफलमा जुटेका हुन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा काँग्रेसभित्र सभापतिको आकांक्षीमा इतर पक्षबाट पौडेलसहित नेताहरु प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुन नरसिंह केसीदेखि रामशरण…