एमालेले बैठक चल्न नदिने भएपछि सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो । एमालेले भदौ १ र २ गते बसेको बैठक पनि चल्न दिएको थिएन । अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए…