प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारको आयु वैशाखसम्मको मात्र भएको दावि गरेका छन् । पूर्वमन्त्री समेत रहेका त्रिपाठीले देउवा नेतृत्वको सरकारको धेरै समय नटिक्ने समेत बताएका हुन् । उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको बताए । शुक्रबार गृहजिल्ला पश्चिम नवलपरासी पगेका त्रिपाठीले सञ्चारकर्मीसँग कुरा गर्दै कात्तिक महिनाभित्र…