नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हुम्लाको अतिक्रिमित भू–भागको विषय सरकारको साझा न्यूनतम कार्यक्रममा नसमेटिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको आफूनिकट पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा निधिले यसबारे आपत्ति जनाएका हुन्। लिपुलेक, लिम्पियाधुरा, कालापानीको विषय समावेश हुनु सकारात्मक पक्ष रहेको बताउँदै उनले चीनले अतिक्रमण गरेको हुम्लाको भू–भागबारे साझा न्यूनतम…