मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङ कांग्रेसको क्षेत्रीय नेतृत्वमा कोइराला – पौडेल खेमाको पकड



नेपाली कांग्रेस बागलुङ प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व छनौटमा वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको पकड देखिएको छ । चार वटा प्रदेश निर्वाचन क्षेत्र रहेको बागलुङमा पौडेल निकट नेतृत्वले तीन निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् । सभापति शेरबहादुर देउवानिकट नेतृत्व एक क्षेत्रमा मात्रै विजयी भएका छन् ।

चारमध्ये एक निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तीन निर्वाचन क्षेत्रमा मतदानमार्फत नेतृत्वको छिनोफानो भएको पार्टी सभापति दिपेन्द्रबहादुर थापाले जानकारी दिए ।

निर्वाचन क्षेत्र नम्बर २ ९क० मा गलकोटका तिलक घर्ती मगर निर्विरोध निर्वाचित भएकोे निर्वाचन अधिकृत सरिता केसीले जानकारी दिइन । क्षेत्र नम्वर १ ९ख० को सभापतिमा दलबहादुर श्रीस राना, क्षेत्र नम्वर २ ९ख० को सभापतिमा मेषलाल शर्मा र क्षेत्र नम्बर १ ९क० मा हरिबहादुर जिसीको प्यानल विजय भएको छ । नेतृत्व छनोटमा केन्द्रीय राजनीतिको गुटगत प्रभाव जिल्ला तहमा पनि देखिएको थियो ।

निर्वाचन क्षेत्र नम्बर १ ९क० मा देउवा निकट मानिने पार्टी सभापति विजय भएका छन् । अन्य तीन क्षेत्रीय सभापतिमा पौडेल निकट मानिने नेतृत्व विजय भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : २९ बजे