जनताको मन जितेर फेरी प्रधानमन्त्री बन्छु, उछिट्टिएर प्रधानमन्त्री आएको होइन : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट हटेकोमा आफुलाई चिन्ता नरहेको बताएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्रीबाट हटाएपनि असाधारण जनमतका साथ मूल गेटबाट फेरी प्रधमानमन्त्री बन्ने दावि गरेका हुन् । उनले भने, ‘फेरि पनि सुनिराख्नु भए हुन्छ, असाधारण जनमतका साथ मूल गेटबाट फेरि आइन्छ…