बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा बामदेव गौतम पनि सहभागी

एमाले संसदीय दलको बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका छन् । नेता गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् । गौतम यसअघी एमालेको कुनै पनि पक्षमा खुलेका थिएनन । उनले प्रधानमन्त्री एबम एमाले अध्यक्ष ओलिको आलोचना गर्दै आएका थिए ।