राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । शितलनिवासमा आयोजित उक्त सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले दलहरु मिलेर अघि बढ्नुपर्नेमा जोड दिएकी छिन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र एमाले नेता सुवास नेम्वाङ सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र…