सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता जारी, आजै सम्झौताको तयारी

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। यसअघि निजगढमा सरकारी टोली र पीडित प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिकता प्रदान गर्न लागिएको हो। सहमतिलाई अन्तिम रूप दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा दुवै पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु…