प्रधानमन्त्री शेर बहादुर देउवालाई सत्तारुढ गठबन्धनको गठित कार्यदलले तीनवटा दस्तावेज बुझाएको छ । शुक्रबार बिहान सात सदस्यीय कार्यदलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तीनवटा दस्तावेज बुझाएको हो । कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो…