काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ। मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टी सचिवालयमा प्रस्तुत एजेन्डाबारे छलफल गरी समझदारी जुटाउनका लागि भेटवार्ता भएको स्रोतले बतायो। नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो…