‘प्रक्रिया मिचेर’ मुख्यसचिव

सरकारले प्रक्रिया मिचेर परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। यसबाट कर्मचारी प्रशासनमा थप चाकरी र चाप्लुसी बढ्ने आशंका विज्ञहरूले गरेका छन्। लोकदर्शन रेग्मीले कार्यकाल पूरा गरेर मुख्यसचिवबाट राजीनामा दिएको भए वैरागी सो पदमा पुग्न सक्ने थिएनन्। तर रेग्मीले कार्यकाल पूरा हुन करिब २० दिनअघि नै मुख्यसचिवबाट राजीनामा गरी वैरागीलाई सो पदमा पुग्ने…