सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा यतिवेला गम्भीर संकट देखा परेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले यस्तो जनाएका हुन् । उनले पत्रकारहरुसँग कुरा गर्दै भने,’अहिले पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै…