राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आवश्यक सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गर्दै विशेष समारोहबीच आज छैटौँ संविधान दिवस मनाइएको छ । समारोहमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ कारण मुलुकले सोचेअनुसारको लक्ष्य हासिल गर्ने सन्दर्भमा केही व्यवधान खडा भए पनि जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै…