कालापानी र लिपुलेकका बारेमा भारतीय समकक्षीसँग संवाद गर्न प्रधानमन्त्री ओलिलाई नेताहरुको सुझाब

काठमाडौं, २३ कात्तिक - प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वपक्षीय बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू–भाग रहेको निश्कर्ष निकाल्दै सहभागी नेता तथा पूर्व राजदुतहरुले भारतसँग राजनीतिक रुपमा कुरा गर्नुपर्ने सुझाव दिएका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा अधिकांश नेता तथा पूर्वराजदुतहरुले भारतसँग नेपालको सिमा विवादबारे दिर्घकालिन रुपमा समाधान खोज्नुपर्ने…