प्रदेश नं ५ को प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेतामा वीरेन्द्रकुमार कनौडिया आज सर्वसम्मत चयन भएका छन । पार्टी संसदीय दलको बैठकले उनलाई दलका नेताका रुपमा चयन गरेको प्रदेश नं ५ प्रदेशसभा काङ्ग्रेसका सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन । कनौडिया यसअघि दलका उपनेता थिए । कपिलवस्तु ३ (ख) बाट निर्वाचित उहाँलाई दलका नेतामा…