अन्नपूर्णक्षेत्रमा हराएका पर्यटक खोज्न सेना खटियो

कास्की– हिउँ पहिरोका कारण कास्कीको अन्नपूर्ण आधारशिविर नजिक बेपत्ता भएका कोरियन पर्यटक र नेपाली पथप्रदर्शकको खोजीका लागि नेपाली सेना परिचालित भएको छ। बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोका कारण घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शक बेपत्ता भएका थिए। खोजी कार्य जारी रहेपनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन।…