काठमाडौं वैशाख, १६– संघीय संसद्का दुवै सदनको चौथो अधिवेशन आजबाट शुरु हुने भएको छ । गत ८ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन राष्ट्रिय सभाको चौथो अधिवेशन सोमबारदेखि शुरु हुने आह्वान गरेकी थिइन् । राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले…