आफ्ना विद्यार्थीलाई झुटा मुद्दा लगाएको विरोधमा वानेश्वरमा नेविसंघको प्रदर्शन, अध्यक्ष महरसहित ६ जना पक्राउ

काठमाडौं माघ, २२– नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित विद्यार्थी नेता पक्राउ परेका छन् । पोखरामा नेविसंघका विद्यार्थीमाथि झुटा मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेका नेविसंघका अध्यक्ष महरसहित नेता कार्यकर्तालाई प्रहरीले काठमाडौंको वानेश्वरबाट पक्राउ गरेको हो । नेविसंघले पोखरामा सरकारी गाडीमाथि आगजनी गरिएको सम्बन्धमा नेविसंघका विद्यार्थीमाथि झूटा मुद्दा लगाएको भन्दै प्रदर्शन गरिरहेको थियो ।…