सरकारी गाडीमा नेविसंघले लेख्योः ‘माफिया सरकार मुर्दावाद’

काठमाडौं माघ, १३– नेपाल विद्यार्थी संघ सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिएको छ । नेविसंघका नेता कार्यकर्ताले सरकारी गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेका छन्। नेविसंघले तोडफोड गरी सरकारी सम्पत्ति नाश पुर्‍याउनुभन्दा सरकारविरूद्ध विरोध गर्दै गाडीमा लेख्न थालेको जनाएको छ। सरकारलाई माफियाले चलाएको भन्दै नेविसंघले जहिलेसम्म माफिया हावी भइराख्छन् त्यस बेलासम्म विरोध जारी राख्ने बताएको छ। आइतबार दिउँसो…