काठमाडौं चैत, २६– वीर गणेशमान सिंह फाउन्डेसनले जनआन्दोलन दिवसको सम्झनामा काठमाडौंमा पदयात्रा कार्यक्रम आयोजना गरेको छ । लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु मंगलबार बिहान पदयात्रामा सहभागी भएका हुन् । बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । ‘डेमोक्र्याटिक वाकाथन’ नाम…