काठमाडौं फागुन, ३– गठनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित रहेको भन्दै सरकारको आलोचना गरेको छ। केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी…