आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, नेविसंघको बिषय टुंगो लगाउने तयारी

काठमाडौं माघ, २८– आज नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केहीबेरमा पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी संघका बारेमा छलफल हुने बताईएको छ । दुई पटक समयावधि थपिदा पनि महाधिवेशन नभएपछि थप निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो । नेविसंघको वर्तमान कार्यसमितिको दुई पटक गरि पाँच महिना म्याद थपिएको थियो…