काठमाडौं माघ, २५– यतिवेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भेनेजुएला विवादको दल दलमा फसेको छ । भेनेजुएलाको मुद्दामा नेकपाका दुई अध्यक्ष नै सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपा नै विवादको भूँमरीमा फसेको छ । नेकपा मात्रै होइन निकै शक्तिशाली ठानिएको सओली नेतृत्वको सरकार नै विवादको भुङ्रोमा परेको हो । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष…