काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)सँग एकताको ढोका खुला रहेको बताएका छन् । नेता खनालले जनताको बहुदलीय जनवादमात्र नभएर समाजवादी क्रान्ति र रूपान्तरणको बाटोमा अघि बढ्न तयार भए आफूहरू एमालेमा फर्किन सक्ने बताएका हुन् । “एमाले फर्कन तयार छौँ । तर, समाजवादी क्रान्तिको बाटो अवलम्बन गर्नुपर्छ । जनताको बहुदलीय जनवादलाई…