जेनजी प्रदर्शनमा अत्थाधिक दमन गर्ने दोषीउपर सख्त कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँस् प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनीका क्रममा विद्यार्थी र युवायुवतीले ज्यान गुमाएको भन्दै सम्बद्ध दोषीउपर सख्त कारबाही हुने बताएकी छन्। गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि बिहीबार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ‘आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवायुवतीहरूले अनाहकमा…