काठमाडौं, ६ भदौ । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा।मदन परियारलाई…