रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन्। उनले नयाँ पार्टी घोषणा गरेका छन्। उनले राखेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल हो।