फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। यसअघि केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको थियो। कात्तिक २७ गतेबाट केन्द्रीय समिति बैठक पटक पटक सर्दै आएको छ।