सिटौलालाई हटाएर कांग्रेसले कमला पन्तलाई बनायो राष्ट्रिय सभा दल नेता

काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । सिटौलालाई शेरबहादुर देउवा संसदीय दल नेता हुँदा राष्ट्रिय सभा दल नेता बनाएका थिए।