काठमाडौं, भदौ १० । प्रधानमन्त्री बालेन शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्। रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी…