काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रति लक्षित गर्दै ‘मान्छे मारेको स्वीकार गर्नेहरूलाई केही नगरिएको’ टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनाइ राखेका हुन्। रेशम चौधरीले आफूलाई अझै पनि टीकापुर हत्याकाण्ड…