काम गर्ने शैली बदलेर नागरिकको विश्वास पुनःस्थापित गर्छौंः नवनिर्वाचित सभापति थापा

काठमाण्डौ। नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीको कार्यशैलीमा आमूल परिवर्तन गर्दै नागरिकसँग टुटेको विश्वास पुनः जोड्ने सङ्कल्प व्यक्त गरेका छन् । १५ औँ महाधिवेशनबाट पार्टीको सर्वोच्च पदमा विजयी भएपछि शनिवार केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीलाई केवल इतिहासको ब्याजमा नभई नयाँ युग सुहाउँदो भरोसाको केन्द्र बनाउने घोषणा गरेका हुन् । थापाले संगठन सञ्चालन…