कांग्रेस महाधिवेशनमा मतदान जारी, निर्धारित समयमै मतदान सम्पन्न गर्ने तयारी

काठमाडौं, असोज २३ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया व्यवस्थित रूपमा अघि बढिरहेको निर्वाचन अधिकृत शम्भुहरि बास्तोलाले बताएका छन्। नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भइरहेको र निर्धारित समयमै मतदान सम्पन्न गर्ने तयारी रहेको बताए। बास्तोलाका अनुसार मतदान सुरु भएको दुई घण्टाको अवधिमा करिब २ हजार ५०० प्रतिनिधिले मतदान गरिसकेका छन्।…