काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छन्। दिउँसो ३ बजे हुने भनिएको ओलीसँगको भेटका लागि विद्या च्यासल पुगेकी हुन्। तर ओली भने कार्यव्यस्तताका कारण एक घण्टा ढिलो मात्र आउने भएका छन्। भण्डारीको सदस्यता र जिम्मेवारीका विषयमा ओली र भण्डारीबीच कुराकानी हुने यसअघि नै बताइसकेका छन्। नेताहरूले विवाद मिलाउन अध्यक्षसमेत रहेका ओलीलाई जिम्मा दिएका…