शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद

काठमाडौं ।आज बसेको समिति बैठकमा विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ । समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।