सोलुखुम्बु । सोलुखुम्बुको फाप्लुबाट चिवाङ, फेरा, रिङ्मु, टाक्सिन्दु हुदै नुनथाला पुग्ने सडकको काम धमाधम अघि बढेको छ । एडीबिको आर्थिक सहयोगमा निर्माण शुरु भएको यो सडकको गुणस्तर सुनिश्चित गर्दै तोकिएको समयमा काम सक्ने लक्ष्यका साथ अगाडि बढाइएको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताएका छन् । उक्त सडक खण्डको १० किलोमिटर कालोपत्रे गर्न थालिसकिएको छ…