काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सदन छलेर पार्टी विभाजनको अध्यादेश ल्याउन खोजेको आरोप लगाएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै अग्निप्रसाद सापकोटाले सरकारको नियत राम्रो नभएको भन्दै अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने निष्कर्ष निकालेको जानकारी दिए । उनले भने,‘अधिवेशन गर्न धेरै नै ढिलो भएसकेको…