काठमाडौं । प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ । सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए । उनले ती सहकारीहरु अप्ठ्यारो र बचत दुरुपयोगको समस्याबाट गुज्रिरहेको पनि जानकारी गराए । अध्ययनका क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुमा…