कम्बोडियामा लगानी प्रमाणित गर्नुस, त्यसको डबल दान दिन्छौं : शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा एमाले नेताहरुको लगानी प्रमाणित गर्नेलाई त्यसको डबल दान दिने उद्घोष गरेका छन् । शुक्रबार एमालेले काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो दाबि गरेका हुन् । उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गर्दै एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए । महासचिव…