बर्दिया । बर्दियामा सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९वर्षीया गोपी थारूको सामुदायिक वनमा घाँसकाट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको हो । काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न…