बैतडीको दशरथचन्द नगरपालिका–२ मा रहेको निङ्गलाशैनी क्याम्पसको भवन निर्माण कार्य अधुरै छ । २०७० सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेको क्याम्पसको भवनको लागि बजेट प्राप्त नहुँदा निर्माण कार्य अलपत्र परेको हो । उक्त भवनमा अहिले इँट्टाहरूको गारो लगाउनुका साथै पिल्लर ठड्याइएकोबाहेक तीन वर्षयता अरु काम हुन सकेको छैन । २५ लाख रकमको लागतमा निर्माण…