जुम्लाको तातोपानी गाउँपालिका १ मा रहेको रानी ज्यूलोमा कुलो निर्माण गरिएको छ । बढीले रानी कुलो बगाएपछि खेतियोग्य जमिन सिचाईको लागी रानीकुलो निमार्ण गरिएको हो । २०७८ कात्तिक महिनामा आएको बाढी पहिरोबाट रानि ज्यूलो सहित तातोपानीको ग्रिरीखोला र तिला गाउँपालिकामा भेरीखोलाको बाढीले अधिंकास सिचाइ कुलो बगाएको थियो । जुम्लामा धेरै सिँचाई कुलाहरु बगेर जानुका साथै…