खोटाङका चार किशोरीले महिलाको सशक्तीकरणका लागि ‘उठ छोरी परिवर्तनका लागि’ अभियान थालेका छन् । जनचेतनाको माध्यमबाट लैंगिक विभेद एवं महिला हिंसा न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी २१ वर्षीया ‘सुनाखरी’ निर्मला आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी १९ वर्षीया सुलोचना आचार्य, नेर्पाकी २० वर्षीया यशोदा रिजाल र एेंसेलुखर्क गाउँपालिकाकी २१ वर्षीया…