सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेका अग्निपीडितलाई झण्डै पाँच लाख नगद प्राप्त भएको छ । सोलु दुधकुण्ड नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस सोलुका सभापति नाम्गेल जाङबु शेर्पाको पहलमा नगरपालिकासहित विभिन्न व्यक्तिबाट सङ्कलित चार लाख ८९ हजार एक सय ५० रकम आज अग्निपीडित सहयोग समितिलाई हस्तान्तरण गरिएको हो । सङ्कलित सहयोग रकममा एनआरएन न्यूयोर्क अमेरिका च्याप्टरका अध्यक्ष…