समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट ‘मास टेस्टिङ’ शुरु गरिएको छ । मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरु गरेको हो । पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिनुभयो । गत शुक्रबार काँकडभिट्टामा कार्यरत…